माओवादीमा नेतृत्व परिवर्तन र विशेष महाधिवेशनका सम्बन्धमा छलफल हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
1k
Shares
तस्बिर फाइल
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज (बिहीबार) बिहान ११ बजे प्रज्ञा भवनमा बस्दैछ। पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।
आजको बैठकमा पार्टीको नेतृत्व परिवर्तन र विशेष महाधिवेशनका सम्बन्धमा छलफल हुनेछ। यसका साथै, आगामी फागुन २१ गते हुने आम निर्वाचनको तयारी, पार्टी एकता तथा ध्रुवीकरण, हालैको जेन-जी आन्दोलनले पुर्याएको क्षतिपछिको राहत र पुनर्निर्माण, र जनपरिचालनका विषयमा पनि छलफल हुने सापकोटाले जानकारी दिएका छन्।