मनसुनी प्रभाव कमजोर, तर पनि केही स्थानमा वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
880
Shares
काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल देशमा मनसुनी वायुको प्रभाव कमजोर हुँदै गए पनि स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसले गर्दा केही स्थानमा वर्षाको सम्भावना देखिएको छ।
आज (बिहीबार) दिउँसो देशको पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा, साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको छ।
त्यसैगरी, आज राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।