arrow

हमासको कब्जामा रहेका विपिनको रिहाइका लागि आमा र बहिनी गए अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
bipin-joshi-file.jpg

दोधारा चाँदनी (कञ्चनपुर) । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यका साथ उनकी आमा पद्मा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन्।

बहिनी पुष्पाले दाजुको रिहाइको विषय अन्तर्राष्ट्रिय मामिला भएकोले अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन अमेरिका गएको जानकारी दिएकी छिन्। यसअघि उनीहरूलाई इजरायलले आफ्नो देश लगेको थियो र यसपटक पनि इजरायल सरकारले नै उनीहरूलाई संयुक्त राष्ट्रसंघसम्म पुग्न सहयोग गरेको बताइएको छ।

गत शनिबार हमासले विपिन जोशीसहित ४८ जना बन्धकको 'बिदाइ तस्बिर' भन्दै सार्वजनिक गरेपछि परिवारमा थप चिन्ता बढेको छ। विपिनका बुबा महानन्द जोशीले सरकारले कतारलगायतका देशसँग पहल गरिदिए छोराको रिहाइ हुने आशा व्यक्त गरेका छन्। उनले विपिनको सकुशल रिहाइका लागि सरकारले थप पहल गर्नुपर्ने माग पनि गरेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित १० नेपाली विद्यार्थी हमासको आक्रमणमा परेका थिए, जसमध्ये १० जनाको ज्यान गएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ