जेन–जीले आगो लगाउँदा दुई सुरक्षाकर्मीकोसमेत ज्यान लिएको प्रहरी वृत्तको मर्मत [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
1.5k
Shares
काठमाडौँ । जेन–जी आन्दोलनको क्रममा भदौ २४ काठमाडौँको महाराजगन्जस्थित प्रहरी वृत्तमा भएको तोडफोड तथा आगजनीपछि अहिले मर्मत सम्भार चलिरहेको छ ।
त्यतिबेला आगो लगाउने र तोडफोड गर्ने क्रममा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको मृत्युसमेत भएको थियो ।
सुरक्षा अवस्था निकै कमजोर र भवनमा आगजनी गरिँदा बाँकी प्रहरीलाई सेनाले हेलिकप्टरबाट उद्धारसमेत गरेको थियो ।
आगजनी, तोडफोड र प्रहरीको मृत्युपछि उच्च आत्मबलका साथ नेपाल प्रहरी र समुदायको सहकार्यमा प्रहरी वृत्त महाराजगन्जको भवन फेरि चिटिक्क बनाइँदै छ ।
अहिले महाराजगन्ज प्रहरी वृत्तको मर्मत अन्तिम चरणमा पुगेको छ। रंगरोगन, झ्याल–ढोका राख्ने काम भइरहेको छ। कम्प्युटर, इन्टरनेट, टेबुल कुर्सी जस्ता आवश्यक सामग्रीहरूको व्यवस्थापन भइरहेको छ ।