arrow

छ जनामा औलो रोगको सङ्क्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
aaulo-malaria.jpg

चितवन। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका ६ जना बिरामीमा औलो रोगको सङ्क्रमण देखिएको छ। चालू आर्थिक वर्षको साउन महिनायता उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार, सङ्क्रमितहरू ३४ देखि ४४ वर्ष उमेर समूहका छन्। उनीहरूमध्ये तीन जना भरतपुर महानगरपालिकाका, दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका हुन्।

यो रोगको सङ्क्रमण विभिन्न देश वा नेपालकै अन्य जिल्लामा रोजगारी गरेर फर्किएकाहरूमा देखिएको हो। रुपाखेतीले भने, “भारतबाट आएका चार जना, दक्षिण कोरियाबाट फर्किएका एक जना र सुनसरीबाट फर्किएका एक जनामा औलो रोगको सङ्क्रमण देखिएको छ।”

पछिल्लो चार वर्षयता चितवनमै रहेका व्यक्तिमा भने यो रोगको सङ्क्रमण नदेखिएको कार्यालयले जनाएको छ। पोथी लामखुट्टेको टोकाइबाट औलो रोग सर्ने गर्दछ। गत आर्थिक वर्षमा जिल्लामा १० जनामा यो रोगको सङ्क्रमण भेटिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ