arrow

कारागारबाट भागेका छ हजार नौ सय ८४ कैदीबन्दी फर्किए, सात हजार पाँच सय ७२ अझै फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
nakkhu-karagar.jpg

काठमाडौँ । 'जेन-जी' प्रदर्शनका क्रममा कारागारबाट भागेकामध्ये हालसम्म छ हजार नौ सय ८४ जना कैदीबन्दीलाई फर्काइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार पाँच सय ७२ जना फरार छन्।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले पछिल्लो दुई दिनमा मात्रै ६५६ जना कैदीबन्दी कारागारमा फर्किएको बताएका छन्। गत भदौ २४ गते प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी भएपछि कुल १४,५५६ कैदीबन्दी भागेका थिए, जसमध्ये १५,५२५ जना भने कारागारमै रहेका थिए।

फरार रहेका कैदीबन्दीहरू २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका थिए। कतिपयलाई प्रहरीले पक्राउ गरेको छ भने अधिकांश आफैं फर्किएका छन्। यस घटनामा १० जना कैदीबन्दीको मृत्यु भएको पनि विभागले जनाएको छ।

बाल सुधारगृहबाट भागेका ९६३ जना र प्रहरी हिरासतबाट फरार भएका २,००० जना आरोपीहरूको पनि खोजी कार्य जारी रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ