arrow

मन्त्री घिसिङको प्रश्न - बजेट र आयोजना तयारी अवस्थामा छ भने काम किन हुँदैन  ?

जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
kulman-ghising-82-5-30.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिए । 

“अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ । बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा छ, तर किन काम हुँदैन ? यस्तो प्रवृत्ति अब सह्य हुँदैन,” मन्त्री घिसिङले भने ।

उनले विदेशमा उत्कृष्ट काम गर्ने नेपाली निर्माण व्यवसायीहरू देशभित्र भने असफल देखिनु दुःखद् भएको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा आयोजना सम्पन्न गर्न आग्रह गरे । 

“निर्माण क्षेत्रमा अनियमितता र भ्रष्टाचार रहेको बुझाइ छ । अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको छ, त्यसैले निर्माण व्यवसायीले पनि यसमा साथ दिनुपर्छ,” उनले भने । 

साे अवसरमा महासङ्घका प्रतिनिधिले निर्माण क्षेत्रका विद्यमान समस्याबारे ज्ञापनपत्र बुझाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ