arrow

पहिलो पटक जिरकोटमा फल्यो स्याउ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
apple-farming-82-6-4.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

गोरखा । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल भएको छ । तीन वर्ष अगाडि स्थानीय संजीव लामाले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा शुरू गरेको मूलखर्क स्याउ फर्ममा पहिलो पटक स्याउ फलेको हो ।

लामाका अनुसार गाउँपालिकाले उपलब्ध गराएको इटालियन तीन प्रजातिको (गोल्डेन डेलिसियस, गाला र इटालियन फुजी)  बेर्ना तीन वर्ष रोप्न सुरु गरिएकोमा यस वर्ष भने उत्पादन दिन थालेको हो । 

सामुन्द्रिक सतहदेखि २२ सय मिटरमा अवस्थित करिब २० रोपनी क्षेत्रफलमा स्याउको पहिलो पटक परीक्षण उत्पादन सफल भएपछि व्यवसायिक रुपमा उत्पादन गर्ने लामाले बताए ।

अजिरकोट गाउँपालिकाको एक वडा एक कृषि फर्म कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा स्याउको पहिलो पटक परीक्षण खेती गरिएको पालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । 

उनका अनुसार गाउँपालिकामा २ नं वडामा तीन वटा स्याउ फर्म सञ्चालन गरिएको र तीन वटै फर्ममा स्याउको सफल परिक्षण उत्पादन भएको बताए । त्यस्तै पालिका भित्र ट्राउट माछाको परीक्षण गरिएको र त्यसको नतिजा पनि सकारात्मक रहेको अध्यक्ष देवकोटाले बताए ।

पालिकाको विभिन्न वडामा स्याउ फर्मसँगै किवी फर्मको समेत पहिलो पटक सफल परीक्षण उत्पादन भएको देवकोटाले जानकारी दिए ।

पालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन स्थानीय किसानलाई कृषि कार्यक्रम अनुसार ५० देखि ८० प्रतिशत सम्म कृषि अनुदान प्रदान गर्दै आएको उनले जानकारी दिए । जस अन्तर्गत बाजो खेतमा खेती गर्ने किसानहरुलाई हाते ट्याक्टर लगायतका कृषि उपकरण वितरण समेत गरिएको छ ।

त्यस्तै गोठ तथा खोर सुधार कार्यक्रम अन्तर्गत पशुचौपाया बिरामी परेको अवस्थामा (क्यूआरटी) दुर्त प्रतिक्रिया टोली समेत परिचालन गरिएको देवकोटाले जानकारी दिए ।

त्यस्तै पालिकाको १ र २ नं वडा लागि अर्गानिक कृषि उत्पादन क्षेत्र घोषणा गरिएको छ । 
 

jirkot-apple-82-6-4 (13).jpg
jirkot-apple-82-6-4 (12).jpg
jirkot-apple-82-6-4 (11).jpg
jirkot-apple-82-6-4 (10).jpg
jirkot-apple-82-6-4 (9).jpg
jirkot-apple-82-6-4 (8).jpg
jirkot-apple-82-6-4 (7).jpg
jirkot-apple-82-6-4 (6).jpg
jirkot-apple-82-6-4 (5).jpg
jirkot-apple-82-6-4 (4).jpg
jirkot-apple-82-6-4 (3).jpg
jirkot-apple-82-6-4 (2).jpg
jirkot-apple-82-6-4 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ