arrow

एमालेले पार्टी मुख्यालयमा अध्यक्ष ओली बिना मनायो संविधान दिवस [फोटोफिचर]

संविधान दिवस एमालेलाई विशेष

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
uml-constitution-208226.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेकपा एमालेले पार्टी मुख्यालय च्यासलमा संविधान दिवस मनाएको छ । अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै पार्टीले संविधान दिवस मनाएको हो । 

ओलीको अनुपस्थितिमा उपाध्यष अष्टलक्ष्मी शाक्यले कार्यक्रमको अध्यक्षता गरेकी छिन् । ओली गत भदौ २४ गते प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि सेनाले हेलिकोप्टरमा सुरक्षित स्थलमा लगेको थियो । 

स्थिति साम्य भएपछि उनी बिहीबारमात्रै भक्तपुरको गुन्डुमा डेरा सरेका थिए । उनको बालकोटको घर भने जेन–जी आन्दोलनमा जेन–जीहरुले जलाएका थिए । 

भदौ २३ गते ओली नेतृत्वको सरकारले जेन–जीमाथि अन्धानधुन्ध गोली प्रहार गरी सोही दिन १९ जनाको ज्यान लिएको थियो । त्यो कुनै पनि नेपालको राजनीतिक इतिहासको एकैदिनको सबैभन्दा ठूलो हत्या थियो । 

जेनजी आन्दोलनमा अहिलेसम्म ७२ जनाको ज्यान गइसकेको छ । 

सो घटनापछि सेनाले मुलुकको सुरक्षाव्यवस्था सम्हालेको थियो भने सेनाकै अग्रसरतामा जेन–जी समूहहरुसँग वार्ता भई उनीहरुले सामाजिक सञ्जाल डिस्कोर्डमा गरेको मतदानका आधारमा सुशीला कार्की अन्तरिम प्रधानमन्त्री भएकी छिन् ।

उनलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्ने म्यान्डेट रहेको छ । 

संविधान दिवस एमालेलाई विशेष
यसपालिको संविधान दिवस एमालेलाई विशेष रहेको छ । यसअघि खासै विशेष रौनक विशेष प्राथमिकता दिएर नमनाएको भए पनि यसपालि भने आफ्नै नेतृत्वमा सरकार रहेका बेलामा संविधानको उललंघन भएको विश्लेषणसहित एमालेले संविधान दिवस मनाएको हो । 

संविधानमा संसद विघटनको प्रावधान छैन । सोही बुँदालाई टेकेर एमालेले संसद विघटनको विरोध गरेको हो । 

यद्यपि केपी ओलीकै पालामा यसअघि दुई पटकसम्म संसद विघटनको सिफारिस हुँदा तत्कालीन राष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले विघटन सिफारिस स्वीकार गरी विघटन गरिदिएकी थिइन् । 

सर्वोच्च अदालतले संसद ब्युँताएको थियो । 

यसपालि एमालेले त्यही अदालतको नजिरलाई टेकिरहेको छ । तर विशेष परिस्थितिमा भएको परिवर्तनलाई एमालेको पहिलो पुस्ताले अझै आत्मसात् गरेको छैन । 

कार्यक्रममा ओली बाहेकका पदाधिकारीहरु उपस्थित भएर संविधान दिवस मनाएका छन् । 

मुलुकमा भएको दोस्रो संविधान सभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । 

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए । 

 

uml-constitution-2082- (10).jpg
uml-constitution-2082- (10).jpeg
uml-constitution-2082- (9).JPG
uml-constitution-2082- (9).jpeg
uml-constitution-2082- (8).JPG
uml-constitution-2082- (8).jpeg
uml-constitution-2082- (7).JPG
uml-constitution-2082- (7).jpeg
uml-constitution-2082- (6).JPG
uml-constitution-2082- (6).jpeg
uml-constitution-2082- (5).jpg
uml-constitution-2082- (5).jpeg
uml-constitution-2082- (4).jpg
uml-constitution-2082- (4).jpeg
uml-constitution-2082- (3).jpg
uml-constitution-2082- (3).jpeg
uml-constitution-2082- (2).JPG
uml-constitution-2082- (2).jpeg
uml-constitution-2082- (1).JPG
uml-constitution-2082- (1).jpeg
uml-constitution-2082- (11).jpeg
uml-constitution-2082- (12).jpeg
uml-constitution-2082- (13).jpeg
uml-constitution-2082- (14).jpeg
uml-constitution-2082- (15).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ