-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई दिइएको छ।
गृह मन्त्रीस्तरीय निर्णयबाट बिहीबार थापालाई यो जिम्मेवारी दिइएको परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
यसअघि परिसर प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा खटाइएको छ।