arrow

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
mahakali-rajmarga-82-5-2.jpg

बैतडी। पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ। दोगडाकेदार गाउँपालिका–५ को सलसेनामा आज बिहान पहिरो खसेपछि राजमार्ग दुईतर्फी रूपमा बन्द भएको हो।

प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार, सडकमाथिबाट खसेको पहिरोका कारण राजमार्ग ठप्प छ। यसले गर्दा दार्चुलाबाट छुटेका र दार्चुलातर्फ गइरहेका सवारी साधनहरू बाटोमै रोकिएका छन्।

राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। मंगलबार पनि सोही स्थानमा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ