-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडाैँ । बागलुङ र रुकुम-पूर्वको सीमा क्षेत्रमा बुधबार राति भूकम्प गएको छ ।
राति ८ः२५ बजे बागलुङको पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का सो क्षेत्र र आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । यद्यपि भूकम्पबाट कुनै क्षति भएको खबर आएको छैन ।
२०७२ वैशाख १२ मा महाभूकम्प गएको नेपालमा साना भूकम्प जानेक्रम जारी छ ।