जेन–जीले तहसनहस पारेको प्रमुख तीन दलका मुख्यालय [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
1.1k
Shares
काठमाडौँ । भदौ २३ र २४ गते काठमाडौँमा भएको जेन–जी आन्दोलन र त्यसपछिको तोडफोड र आगजनीबाट देशको विभिन्न इतिहासिक संरचनालगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।
देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरु प्रतिको वितृष्णाले निम्त्याएको परिणाम जेन–जी आन्दोलन भएको हो ।
आन्दोलनकारीहरुले तीन ठूला राजनीतिक दलका मुख्यालयमा तोडफोडसँगै आगजनी गरेका थिए । सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पूर्णरुपमा ध्वस्त भएको छ ।
कार्यालयको प्रमुख प्रवेशद्वारदेखि हरेक कोठामा आगजनी गरिएको थियो । नेपाली कांग्रेसले आजबाट देशभर भएको प्रदेश कार्यालय र जिल्ला कार्यालयमा भएको क्षतिको विवरण संकलन गर्न लागेको छ ।
कांग्रेसको पुस्तकालय तथा श्रोतकेन्द्र विभागका प्रमुख एवं केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पुस्तकालयमा रहेका हजारौँ पुस्तक जलेको बताए । उनले कतिपय पुस्तक त लाइब्रेरीमा समेत नपाइने दुर्लभ पुस्तक जलेर खरानी हुँदा नयाँ पुस्ता त्यस्ता ऐतिहासिक पुस्तक पढ्न चुक्ने बताए ।
उनले इतिहासमा पाना बोकेका पुस्तक जलाइनु सबैभन्दा ठूलो घात भएकोसमेत बताएका छन् ।
जेन–जी आन्दोलनका कारण नेकपा एमालेको च्यासलस्थित मुख्यालय पनि खण्डहर बनेको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट मुख्यालयका अधिकांश संरचना खरानी भएका छन् ।
सोमबार एमालेका महासचि शंखर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरु पार्टी मुख्यालयमा पुगी कम्युनिस्ट पार्टीको झण्डा राखेका थिए ।
पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि जेन–जी आन्दोलनबाट ध्वस्त भएको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट कार्यालयको अधिकांश संरचना जलेर नष्ट भएका छन् ।