नेपाली विद्यार्थीबाट एक महिनामा बाहिरियो १४ अर्ब ३१ करोड
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
827
Shares
काठमाडौँ। नेपालमा गुणस्तरीय शैक्षिक संस्था हुँदाहुँदै पनि नेपाली विद्यार्थीहरू अध्ययनका लागि विदेशिने क्रम जारी छ। यसैक्रममा, एक महिनाको अवधिमा मात्रै रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार, यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा थोरै कम हो। गत वर्षको पहिलो महिनामा शैक्षिक खर्चबापत रु १४ अर्ब ९६ करोड विदेशिएको थियो।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण खर्च (पर्यटन व्यय) २.८ प्रतिशतले घटेर रु २१ अर्ब ७० करोड पुगेको छ, जबकि गत वर्ष यो रु २२ अर्ब ३२ करोड थियो।
यसको विपरीत, भ्रमण आय भने १२.७ प्रतिशतले वृद्धि भएर रु ५ अर्ब ३८ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यो आय रु ४ अर्ब ७७ करोड थियो।
यद्यपि, शैक्षिक र अन्य सेवा खर्च बढी हुँदा समग्र खुद सेवा आय भने रु १३ अर्ब ३९ करोडले घाटामा रहेको छ। गत वर्षको सोही अवधिमा यो घाटा रु १५ अर्ब ६ करोड थियो।