arrow

आन्दोलनका घुसपैठीबाट बचाएका बिट प्रहरीलाई हस्तान्तरण (फोटो)

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
police-beat-saved-from-protest-infiltrators-(2).jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा उपत्यकाका दर्जनौँ प्रहरी वृत्त र बिट तोडफोड तथा आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्वासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छन्।

सिंहदरबार प्रहरी वृत्त अन्तर्गत थापाथली प्रहरी बिटलाई अराजक तत्त्वहरूको आक्रमणबाट बचाउँदै स्थानीयले प्रहरीका सरसामान, भाँडा वर्तनदेखि लत्ताकपडा समेत सुरक्षित राखेका थिए। आन्दोलनकै बीचमा संरचना जोगाउन विशेष पहल गरेका बासिन्दाले आज औपचारिक रूपमा बिटको सरसामान सहित बिटको चाबी बिटका प्रहरी प्रमुखलाई फिर्ता गरेका छन्।

थापाथली सुकुम्वासी बस्तीका अगुवाहरू अध्यक्ष मीनकुमार मगर, सचिव गोपाल पौडेल, सल्लाहकार दल मर्दन कामी, सुमन चौधरी, गणेश राइगाई, बेन्जामुन सुब्बा, आकाश बुढाथोकी, गोपाल माझी र पदम लामा लगायतको नेतृत्वमा आयोजित कार्यक्रममा बासिन्दाले प्रहरीलाई स्वागत गर्दै खादा अर्पण समेत गरेका थिए।

यस अवसरमा सिंहदरबार प्रहरी वृत्तका प्रमुख डिएसपी जनार्दन घिमिरेसँग समन्वय गरेर स्थानीयले प्रहरी बिट थापाथलीका प्रमुख हवलदार बलबहादुर सुनारसहित पाँच जना प्रहरीलाई स्वागत सम्मान गरेका छन्।

कार्यक्रममा बोल्दै दल मर्दन कामीले भने, “देशका करिब ५० प्रतिशत प्रहरी वृत्त र बिट आन्दोलनमा क्षति पुगेको अवस्थामा थापाथली सुकुम्वासीले देखाएको उदाहरणले सम्पूर्ण देशलाई व्यक्तिले गरेको गल्तीमा राज्य वा समुदायको सम्पत्तिको ध्वस्त गर्नु मूर्खता हो यसलाई राज्य र समाजको सम्पत्ति जोगाउने जिम्मेवारी आम नागरिक हो संरक्षण गर्नुपर्ने  सन्देश दिएको छ यस कार्यले  जनताले चाहे भने राज्यको सम्पत्ति र संरचना जोगाउन सक्छन्।”

त्यसै गरी, हवलदार बलबहादुर सुनारले भावुक हुँदै बस्तीका सम्पूर्ण बासिन्दा र अगुवाहरूप्रति आभार प्रकट गर्दै भने, “तपाईँहरूको सहयोगले प्रहरी मात्र होइन, राज्यको सिङ्गो संरचनालाई नै बल मिलेको छ।”

यो घटनाले आन्दोलनको कठिन परिस्थितिमा पनि जनताको सचेत सहभागिता र जिम्मेवार आचरणबाट राष्ट्रिय सम्पत्ति तथा सुरक्षात्मक संरचना जोगाउन सकिने उदाहरण प्रस्तुत गरेको छ। नेपाल फोटो लाइब्रेरी 

police-beat-saved-from-protest-infiltrators (1).jpg
police-beat-saved-from-protest-infiltrators (2).jpg
police-beat-saved-from-protest-infiltrators (3).jpg
police-beat-saved-from-protest-infiltrators (4).jpg
police-beat-saved-from-protest-infiltrators (5).jpg
police-beat-saved-from-protest-infiltrators (6).jpg
police-beat-saved-from-protest-infiltrators (7).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ