राष्ट्र बैंकद्वारा मुद्दती निक्षेपमा लगानी गर्न आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
713
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कुल १ अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई निवेदन दिन आग्रह गरेको छ। केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन समयसीमा तोकेको छ।
लगानी हुने रकमको विवरण यस प्रकार छ: 'क' वर्गका वाणिज्य बैंक मा १ अर्ब ४ करोड रुपैयाँ, 'ख' वर्गका विकास बैंक मा १९ करोड ५० लाख रुपैयाँ र 'ग' वर्गका वित्त कम्पनी मा ६ करोड ५० लाख रुपैयाँ।
लगानीका लागि बैंक तथा वित्तीय संस्थाले न्यूनतम पुँजीकोष कायम गरेको, निष्क्रिय कर्जा ८ प्रतिशतभन्दा कम भएको र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने शर्त राखिएको छ। इच्छुक संस्थाहरूलाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्तावसहित निवेदन दिन राष्ट्र बैंकले आग्रह गरेको छ।