भारत नेपालको समृद्धिप्रति प्रतिबद्ध छः प्रधानमन्त्री मोदी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
493
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउँदै अन्तरिम सरकारको प्रधानमन्त्री भएकामा सुशीला कार्कीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री कार्कीले कार्यभार सम्हालेकामा शुभकामना व्यक्त गर्दै मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताएका हुन् ।
एक्समा मोदीले लेखेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकामा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।”