जेन-जी आन्दोलनमा भएका आगजनी र लुटपाटका सबुद प्रहरीले माग्यो, यसरी सकिन्छ पठाउन
सबुद दिनेहरूको गोपनीयता कायमै राख्ने स्पष्ट
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
1.1k
Shares
काठमाडौँ । नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र लुटपाट लगायतका उश्रृंखल गतिविधिमा संलग्नहरूलाई कारबाहीका गर्न सहयोग मागेको छ ।
प्रहरीले आम समुदायसँग सबुद प्रमाण पठाएर सहयोग गर्न आह्वान गरेको हो । प्रहरीले काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा भएका अप्रिय घटना, आगजनी, लुटपाट, तथा समुदायमा डर सिर्जना गराइएका घटनासँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क उपलब्ध गराउन भनेको हो ।
प्रहरीले प्रमाण नेपाल प्रहरीको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउन आग्रह गरेको हो । प्रहरीले सबुद दिनेहरूको गोपनीयता कायमै राख्ने स्पष्ट पारेको छ ।
भदौ २३ र २४ मा भएको जेन-जी प्रदर्शनको क्रममा देशभर थुप्रै सार्वजनिक तथा निजी भौतिक संरचनामा आगलागी तथा तोडफोड ध्वस्त पारिएको थियो । नेताहरू र उद्योग व्यवसायीका घरहरू छानीछानी आगो लगाइएको थियो ।
साथै डपार्मेन्टल स्टोरदेखि बैंकका एटीएमसमेत लुटपाट भएको थियो ।
यस्तो छ प्रहरीको सूचना-
यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाइहरूसँग छ भने कृपया हामीलाई [email protected] मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं । तपाईहरूको गोपनियता कायम रहनेछ ।