arrow

कञ्चनपुरमा भारतबाट फर्किएका यात्रु लुटिए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
Kanchanpur-hamrakura.jpg.jpeg

कञ्चनपुर। भारतको उत्तराखण्डबाट फर्कँदै गरेका दुई जना यात्रु बिहीबार कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा लुटिएका छन्। सेतो रङको स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले हतियार देखाएर उनीहरूलाई लुटेका हुन्।

लुटेराहरूले कालीकोट जिल्ला, पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई निशाना बनाएका थिए। कलमबहादुरले आफ्नो मोबाइल र साथमा रहेको १४ हजार भारु लुटेको बताए।

भारतमा मजदुरी गर्न गएर फर्कँदै गरेका उनीहरू गाडी नपाएपछि पैदल हिँडिरहेका थिए। अचानक स्कुटरमा आएका लुटेराले खुकुरी देखाएर सामान लुटेका थिए। अर्को मोटरसाइकल नजिकै आउन लागेको देखेपछि लुटेराहरू भागेका थिए। उनीहरूसँगै रहेका अन्य तीन जना भने लुटिनबाट जोगिएका छन्।

पीडितहरूले इलाका प्रहरी कार्यालय झलारीमा लुटपाटबारे जानकारी गराएका छन्। प्रहरी निरीक्षक राजेश बस्नेतले पीडितले दिएको हुलियाका आधारमा लुटेराहरूको खोजी भइरहेको बताएका छन्। काम गर्न गएको ठाउँमा पनि बाढी र वर्षाले मजदुरी नपाएर फर्किएका धामीहरू बाटोमै लुटिएपछि थप बिचल्लीमा परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ