काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जेन-जी आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
नेपालको पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको बताउँदै उनले हिंसालाई थप बढ्नबाट रोक्न सबै पक्षलाई संयम अपनाउन र संवाद गर्न अनुरोध गरेका छन्।
गुटेरसले सामाजिक सञ्जालमार्फत मानव अधिकार कानूनको पालना गर्न आह्वान गर्दै जीवन र सम्पत्तिको रक्षासहित शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन्।