देशभर बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश [सूचनासहित]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
1.2k
Shares
काठमाडौँ । देशभर कर्फ्यु लागेको छ । नेपाली सेनाले देशभर कर्फ्यु लगाएको हो ।
सेनाले शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यु आदेश जारी भएको जनाएको छ । सेनाले बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु लगाइने जनाएको छ ।
सेनाले आन्दोलनको नाममा विभिन्न अराजक व्यक्ति र समूहको घुसपैठ जारी भएको भन्दै कर्फ्यु लगाउनु परेको जनाएको छ । सेनाले अपराधजन्य गतिविधि हुन सक्ने भन्दै सहकार्यका लागि सबैलाई आह्वानसमेत गरेको छ ।
आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोट, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने नेपाली सेनाले चेतावनी दिएको छ ।
सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाइराख्ने दायित्वलाई निरन्तरता दिने विश्वाससमेत लिएको छ । सम्बन्धित पक्षसँग वार्ताको पहलसमेत भइरहेको सेनाले जनाएको छ ।