मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर, एक दुई स्थानमा भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
957
Shares
काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी र तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
आज राति देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी मधेश प्रदेश, कोशी प्रदेशको तराई र पहाडी भेगका साथै गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भारी वर्षाका कारण नदीनालामा पानीको बहाव बढ्न सक्ने, पहाडमा भू-क्षय हुन सक्ने र यातायातमा अवरोध आउन सक्ने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।