arrow

त्रिभुवन विमानस्थल मध्यान्ह १२ बजेसम्म बन्द, बुद्ध एयरको उडान रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
TIA Kathmandu.jpg

काठमाडौँ। जेन-जी पुस्ताको प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरू बुधबार मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भएका छन्। मंगलबार दिउँसो २:३० बजेदेखि बन्द भएको विमानस्थलले बुधबार बिहानसम्म पनि उडान सुचारु गर्न सकेको छैन।

बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जानकारी दिएको छ। उडान रद्द हुँदा यात्रुहरूमा पर्न गएको असुविधाप्रति कम्पनीले माफी मागेको छ। हवाई यात्रा गर्न नपाएका यात्रुहरूको पैसा फिर्ता हुने बताइएको छ।

वायुसेवा सञ्चालक संघले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिन प्रतिबद्ध रहेको जनाएको छ। संघका अध्यक्ष मनोज कार्कीले विज्ञप्ति जारी गर्दै आफ्ना सदस्य कम्पनीहरू सेवाका लागि सधैँ तत्पर रहेको बताएका छन्।

संघले भदौ २३ गतेको प्रदर्शनमा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैबीच, संघले छुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा हेलिकप्टरबाट कुनै पनि राजनीतिक नेता वा मन्त्रीहरूलाई उडान सेवा नदिएको दाबी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ