काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन्। पार्टीको सचिवालयले पेस गरेको प्रस्तावमा संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन्।
रास्वपा संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिअनुसार, संसदीय दलका नेता रवि लामिछानेसहित २० जना प्रतिनिधिसभा सदस्यहरूले राजीनामा दिने निर्णय गरेका हुन्।
यसअघि सोमबार जेन-जी प्रदर्शनपछि रास्वपाका सभापति लामिछानेले नक्खु कारागारबाट एक सन्देश जारी गर्दै आफ्ना मागहरू पूरा नभए राजीनामा दिन तयार रहन सांसदहरूलाई आह्वान गरेका थिए। प्रतिनिधिसभामा रास्वपाका २१ जना सांसद छन्।