arrow

बन्द सत्रको नयाँ तालिका सार्वजनिक गर्‍यो रास्वपाले, लाखापाखा भए महाधिवेशन प्रतिनिधि [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
rsp-83-3-8wwww.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र सरेको छ । रास्वपाले अब बन्द सत्र मङ्गलबार बिहान ७ बजेपछि शुरू हुने जनाएको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बिहान ७ बजेपछि बन्द सत्र गर्ने गरी सोमबारको बन्दसत्र स्थगित भएको हो । प्रतिनिधिहरु विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्दसत्र सारिएको उनले जनाएका छन् । 

सोमबार बिहान साढे ८ बजेका लागि डाकिएको बन्द सत्र बस्दै नबसी स्थगित भएको हो । 

सोमबारको बन्द सत्र स्थगित भएसँगै महाधिवेशन प्रतिनिधिहरू लाखापाखा भएका छन् । महाधिवेशनको समयसमेत लम्बिएको छ । चितवनको प्रचण्ड गर्मीमा प्रतिनिधिहरू यत्रतत्र छरिएका छन् । उनीहरूमा छटपटी देख्न सकिन्छ ।

कतिपय त घर फर्केकोसमेत बताइएको छ । प्रधानमन्त्री वालेन्द्र साह बालेनसहित सरकारका मन्त्रीहरू विभिन्न कार्यक्रमसँगै अवलोकनमा लागेका छन् । 

बेलुकी निर्वाचन आयोगलेसमेत नयाँ तालिका सार्वजनिक गर्दै मंगलबार बिहान ७ बजेदेखि बन्दसत्र शुरू हुने जनाएको हो ।

यस्तो छ नयाँ तालिका–

बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुँदैछ । बुर्लाकोटीका अनुसार बन्दसत्रको शुरूमा मंगलबार बिहान ७ बजे अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमा छलफल हुनेछ । सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ ।

कोषाध्यक्षको प्रतिवेदनपछि बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने त्यसमाथि छलफल पनि हुनेछ । सो पश्चात पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ ।

विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने उक्त प्रतिवेदनमा छलफल र अनुमोदन गरिने छ । 

पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ ।

rsp-general-meeting-83-3-8-ppp (2).jpg
rsp-general-meeting-83-3-8-ppp (3).jpg
rsp-general-meeting-83-3-8-ppp (4).jpg
rsp-general-meeting-83-3-8-ppp (5).jpg
rsp-general-meeting-83-3-8-ppp (6).jpg
rsp-general-meeting-83-3-8-ppp (7).jpg
rsp-general-meeting-83-3-8-ppp (8).jpg
rsp-general-meeting-83-3-8-ppp (9).jpg
rsp-general-meeting-83-3-8-ppp (10).jpg
rsp-general-meeting-83-3-8-ppp (11).jpg
rsp-general-meeting-83-3-8-ppp (12).jpg
rsp-general-meeting-83-3-8-ppp (13).jpg
rsp-general-meeting-83-3-8-ppp (14).jpg
rsp-general-meeting-83-3-8-ppp (15).jpg
rsp-general-meeting-83-3-8-ppp (16).jpg
rsp-general-meeting-83-3-8-ppp (17).jpg
rsp-general-meeting-83-3-8-ppp (18).jpg
rsp-general-meeting-83-3-8-ppp (19).jpg
rsp-general-meeting-83-3-8-ppp (20).jpg
rsp-general-meeting-83-3-8-ppp (21).jpg
rsp-general-meeting-83-3-8-ppp (24).jpg
rsp-general-meeting-83-3-8-ppp (25).jpg
rsp-general-meeting-83-3-8-ppp (26).jpg
rsp-general-meeting-83-3-8-ppp (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ