arrow

सर्वोच्चका सबै सुनुवाइ स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
supreme-court-photo-oli.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्वोच्च अदालतले ‘कर्फ्यु’ लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।

अदालतले आज जारी गरेको सूचनामा आवागमनमा अवरोध भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदन र पूरकबाट पेस हुने निवेदनबाहेक सबै सुनुवाइ स्थगित भएको जनाएको छ ।

सूचनामा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, भक्तपुर र ललितपुरमा आज जारी भएको कर्फ्यू आदेशका कारण आवागमनमा भएको अवरोध तथा विशेष परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी सेवाग्राही एवम् कानून व्यवसायीको असहजतालाई ध्यानमा राख्दै सुनुवाइ स्थगित गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ