पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
725
Shares
गण्डकी। कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखराका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको यो आदेशमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा भएर अनशन, धर्ना, जुलुस, प्रदर्शन वा सभाजस्ता विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ।
शहीदचोक आसपासका क्षेत्र: पूर्वमा वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्र बैंक चोक र दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडिको ड्यामसाइड क्षेत्र।
गण्डकी प्रदेश सभा आसपासको क्षेत्र: उत्तरतर्फ भीमकाली पाटन बगर, दक्षिणतर्फ अधिकारी टोल, पूर्वतर्फ नदीपुर हाइवे र पश्चिमतर्फ बागबजार ट्याक्सीचोकसम्मको क्षेत्र। प्रशासनले यो आदेशको उल्लङ्घन गर्ने जोसुकैलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गर्ने जनाएको छ।