जेनजीको आन्दोलन उग्र भएसँगै सर्यो राष्ट्रिय सभा बैठक
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
1k
Shares
काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनले उग्र रुप लिएसँगै राष्ट्रिय सभा बैठक सरेको छ । आज दिउँसो १ः१५ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरमै कर्फ्यु लागेपछि बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बुधबार बस्ने गरी बैठक स्थगित गरिएको हो। जेनजी पुस्ताको आन्दोलन उग्र बनेर संसद् भवन नै प्रवेश गरेपछि बानेश्वरसँगै राष्ट्रपतिको कार्यालय वरपर, उपराष्ट्रपतिको कार्यालय वरपर र सिंहदरबार वरपर पनि कर्फ्यु आदेश जारी गरिएको छ।