arrow

जेनजी आन्दोलन: सुरक्षा घेरा तोड्ने प्रयास, प्रहरीले गर्‍यो लाठीचार्ज [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
gen-z-protest-baneshowr.jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौंँ। बानेश्वरतिर अघि बढ्यो जेनजी आन्दोलन, सुरक्षा घेरा तोड्ने प्रयास, प्रहरीले लाठीचार्ज गरेको छ। सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएको छ । जेनजी पुस्ता काठमाडौँसहित मुख्य सहरहरुमा उत्रिएको हो। 

सो क्रममा काठमाडौँको माइतीघर मण्डलामा जेनजी पुस्ताले प्रदर्शन गरेको छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेका युवाहरूको समूहलाई जेनजी पुस्ता भनिन्छ।

उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत नै आह्वान गर्दै आएका छन् । 

प्रदर्शनकारीहरू माइतीघरबाट मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने छन् । जेनजी पुस्ताको यस आन्दोलनलाई केही जनप्रतिनिधि र नेताले समेत समर्थन गरेका छन् । 

जेनजी पुस्तालाई राजनीतिकरण गर्न खोजिएको भन्दै विरोधसमेत भएको छ । 

यो प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति लिइएको थियो ।

सरकारले २५ ओटा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई दर्ता नभएसम्म चल्न नदिने भन्दै प्रतिबन्ध लगाएको हो ।

gen-z-protest-baneshowr (1).jpg
gen-z-protest-baneshowr (2).jpg
gen-z-protest-baneshowr (3).jpg
gen-z-protest-baneshowr (4).jpg
gen-z-protest-baneshowr (5).jpg
gen-z-protest-baneshowr (6).jpg
gen-z-protest-baneshowr (7).jpg
gen-z-protest-baneshowr (8).jpg
gen-z-protest-baneshowr (9).jpg
gen-z-protest-baneshowr (10).jpg
gen-z-protest-baneshowr (11).jpg
gen-z-protest-baneshowr (12).jpg
gen-z-protest-baneshowr (13).jpg
gen-z-protest-baneshowr (14).jpg
gen-z-protest-baneshowr (15).jpg
gen-z-protest-baneshowr (16).jpg
gen-z-protest-baneshowr (17).jpg
gen-z-protest-baneshowr (18).jpg
gen-z-protest-baneshowr (19).jpg
gen-z-protest-baneshowr (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ