arrow

सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सडकमा उत्रियो जेनजी पुस्ता [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
genZ-protest-82-5-23p.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएको छ । जेनजी पुस्ता काठमाडौँसहित मुख्य सहरहरुमा उत्रिएको हो । 

सो क्रममा काठमाडौँको माइतीघर मण्डलामा जेनजी पुस्ताले प्रदर्शन गरेको छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेका युवाहरूको समूहलाई जेनजी पुस्ता भनिन्छ।

उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत नै आह्वान गर्दै आएका छन् । 

प्रदर्शनकारीहरू माइतीघरबाट मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने छन् । जेनजी पुस्ताको यस आन्दोलनलाई केही जनप्रतिनिधि र नेताले समेत समर्थन गरेका छन् । 

जेनजी पुस्तालाई राजनीतिकरण गर्न खोजिएको भन्दै विरोधसमेत भएको छ । 

यो प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति लिइएको थियो ।

सरकारले २५ ओटा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई दर्ता नभएसम्म चल्न नदिने भन्दै प्रतिबन्ध लगाएको हो ।

genZ-protest-82-5-23q (1).jpg
genZ-protest-82-5-23q (2).jpg
genZ-protest-82-5-23q (3).jpg
genZ-protest-82-5-23q (4).jpg
genZ-protest-82-5-23q (5).jpg
genZ-protest-82-5-23q (6).jpg
genZ-protest-82-5-23q (7).jpg
genZ-protest-82-5-23q (8).jpg
genZ-protest-82-5-23q (9).jpg
genZ-protest-82-5-23q (10).jpg
genZ-protest-82-5-23q (11).jpg
genZ-protest-82-5-23q (12).jpg
genZ-protest-82-5-23q (13).jpg
genZ-protest-82-5-23q (14).jpg
genZ-protest-82-5-23q (15).jpg
genZ-protest-82-5-23q (16).jpg
genZ-protest-82-5-23q (17).jpg
genZ-protest-82-5-23q (18).jpg
genZ-protest-82-5-23q (19).jpg
genZ-protest-82-5-23q (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ