जेनजीको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा यस्तो छ सुरक्षा व्यवस्था
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
720
Shares
काठमाडौं। आज काठमाडौंको माइतीघर मण्डलामा जेन-जी पुस्ताले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनलाई ध्यानमा राख्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनको अवस्था हेरेर सुरक्षाकर्मीको संख्या थप गर्न सकिने उनले बताएका छन्।
प्रदर्शनस्थलमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि खटाइएको छ। प्रहरीले प्रदर्शनको स्वरूप हेरेर सुरक्षा रणनीतिमा परिवर्तन गर्ने योजना बनाएको छ। सुरक्षा संवेदनशीलताका कारण परिचालित सुरक्षाकर्मीको यकिन संख्या भने सार्वजनिक गरिएको छैन।