मन्त्री रानाको गाडीले ठक्कर दिएकी बालिका डिस्चार्ज
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
961
Shares
काठमाडौँ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीको ठक्करबाट घाइते भएकी ११ वर्षीया बालिका उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। मन्त्री राना नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन काठमाडौं गएका बेला शनिबार बिहान ललितपुरको हरिसिद्धि घुम्तीमा यो घटना भएको थियो।
गाडीले ठक्कर दिएपछि नरोकी अगाडि बढेको भन्दै यो घटना विवादित बनेको थियो। बालिका घाइते भएको समाचार सार्वजनिक भएपछि एमालेले उनको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो। साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाएको भन्दै स्थानीयवासीले मन्त्री रानाको आलोचना गर्दै सडक अवरुद्धसमेत गरेका थिए।