arrow

जलस्रोत विभागका महानिर्देशक बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
balaram-puraskar.jpg

काठमाडौँ । जलस्रोत तथा सिँचाइका क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदानका लागि जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई. मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ। निजामती सेवा दिवस २०८२ को अवसरमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उनलाई प्रमाणपत्रसहित सो पुरस्कार प्रदान गरेका हुन्।

‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएको यस वर्षको निजामती सेवा दिवसको कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मुख्यसचिव एकनारायण अर्याल लगायतका उच्च अधिकारीहरूको उपस्थिति थियो।

तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको समयमा वि.सं. २०१३ भदौ १३ गते पहिलोपटक निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा वि.सं. २०६१ सालदेखि नेपालमा हरेक वर्ष निजामती सेवा दिवस मनाइँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ