arrow

छोरीको घर जाँदै गरेका सोनुलालको मेची खोलामा डुबेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
jhapa.png.png

झापा । झापामा खोलामा डुबेर शनिबार एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका वडा नं ६ पैनीटोलका ६२ वर्षीय सोनुलाल मुर्मु छन् ।

 भद्रपुर नगरपालिका वडा  नं ३,भैसाबाडीस्थित मेची खोलामा डुबेर मुर्मुको मृत्यु भएको हो ।

शनिबार दिउँसो करिब १२ः२० बजे स्थानीयवासीले खोलामा बग्दै गरेको देखेपछि उद्धार गरी बाहिर निकालेका थिए । 

तर, उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार मृतक मुर्मु भारतस्थित छोरीको घर जाने क्रममा मेची खोला तर्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ