arrow

गगन थापा भन्छन् - नेपाल लोकतन्त्रको दृष्टिले सहज अवस्थामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
gagan-thapa-nc-05-21.jpg

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिक अवस्थालाई वीपी कोइरालाको विचारबाट मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् ।

शनिबार जननेता विश्वेश्वरप्रसाद कोइरालाको ११२औँ जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान ‘वीपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक गोष्ठीमा थापाले दक्षिण एसियाका मुलुकसँग तुलना गर्दा नेपाल लोकतन्त्रको हिसाबले सहज अवस्थामा रहेको बताए ।

‘पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भारतजस्ता मुलुकसँग तुलना गर्दा नेपाल लोकतन्त्रको दृष्टिले सहज अवस्थामा छ,’ थापाले भने, ‘लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष आवधिक निर्वाचन हो र त्यही निर्वाचनबाट आएको शक्तिलाई सहज रुपमा सत्ता हस्तान्तरण गर्ने प्रक्रिया हो । नेपाल अहिले यही चक्रमा स्थापित भइसकेको छ ।’

थापाले नेपाली समाजमा बढ्दो असन्तुष्टि र बेचैनीप्रति पनि ध्यानाकर्षण गराउँदै अहिले देशभर आक्रोश र निराशा बढेको बताए ।

‘हामी सबैले महसुस गरेको कुरा नेपाली समाजमा बेचैनी व्याप्त छ,’ उनले भने, ‘पहिलाको समयमा आशा थियो नेपालमा तर अहिले व्यापक असन्तुष्टि छ । आक्रोश  छ । कहीं न कहीँ आगो बलेको देखिन्छ । यो समस्या नेपालको मात्रै नभइ विश्वभरी यस्तै भइरहेको छ ।’

थापाले यस्ता परिस्थितिमा वीपी कोइरालाको लोकतान्त्रिक सोच र समाजवादी दृष्टिकोणलाई आत्मसात गर्दै वर्तमान समस्याको समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ