arrow

सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
social-media-2024.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार सञ्चार मन्त्रालयमा बसेको बैठकले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका त्यस्ता सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय गरेको हो । 

नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिसमेत सहभागी भएको बैठकपछि उक्त निर्णय लिइएको हो । 

सरकारले दिएको सूचीकृत हुने समय आजै सकिँदै गर्दा मध्यरात १२ बजेपछि त्यस्ता सूचीकृत नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय गरिएको एक सहभागीले बताए । 

ठूला प्लाटफर्महरु जस्तै मेटा, एक्स लगायत दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा नआएसँगै सामाजिक सञ्जाल बन्द हुने निश्चित जस्तै छ । 

यसअघि मेटाले छुट्टै सूचीकृत हुन नसक्ने जवाफ पठाएको थियो । 

यता सञ्चार मन्त्रालयले सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनसमेत दिइसकेको छ । 

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने संकेत यसअघि नै दिएको थियो । एमाले महासचिव शंकर पोखरेलले बिहानै सामाजिक सञ्जालमै लेख्दै उक्त संकेत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ