arrow

एमालेको विधान महाधिवेशनको तयारी पूरा, शुक्रबारदेखि शुरु हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
uml-cpn.jpg

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भोलि (शुक्रबार) देखि सुरु हुने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन्।

'निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य' भन्ने मूल नाराका साथ सम्पन्न हुने महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यी प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ।

प्रचार विभाग प्रमुख गौतमले दिएको जानकारीअनुसार, अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, पार्टीको कार्यदिशा, र 'जनताको बहुदलीय जनवाद' को मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने विषयहरू समेटिएका छन्। यसले 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने मार्गचित्र पनि प्रस्तुत गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ