काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (बिहीबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा भोलिदेखि सुरु हुने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीबारे छलफल गरिनेछ। यस बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ। यी प्रतिवेदनहरू महाधिवेशनमा प्रस्तुत गरिनेछन्।
एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरमा हुँदैछ।