arrow

चीनबाट नेपाल तर्फ लागे प्रधानमन्त्री ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
oli-china-firti.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज चीनबनट नेपाल तर्फ प्रस्थान गरेका छन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ गते चीन गएका थिए।

प्रधानमन्त्री ओलीले चीनको तियान्जिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएका थिए र भदौ १६ गते सम्मेलनलाई सम्बोधन गरेका थिए। नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार (डायलॉग पार्टनर) को रूपमा रहेको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका अन्य नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

आज बेइजिङको अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले बिदाइ गरेका थिए। उनी बेइजिङमा आयोजित विजय उत्सवको ८०औँ वार्षिकोत्सवका विशेष सैनिक परेड कार्यक्रममा समेत सहभागी भएका थिए।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली काँग्रेसका सांसद पूर्णबहादुर खड्का र अन्य उच्च सरकारी अधिकारीहरू पनि भ्रमणमा सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ