राष्ट्रिय सभाबाट निजामती विधेयकको सन्देश प्रतिनिधि सभालाई प्राप्त
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
1.3k
Shares
काठमाडौं। मुलुकको प्रशासनिक सङ्घीयतालाई प्रत्यक्ष प्रभाव पार्ने सङ्घीयनिजामती सेवा विधेयक राष्ट्रिय सभाबाट सन्देशसहित प्रतिनिधिसभामा फिर्ता आएको छ। सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकरामगिरीले राष्ट्रिय सभामा आवश्यक प्रक्रिया पूरा भएपछि आज उक्त प्रतिवेदन प्राप्त भएको जानकारी दिए।
प्रमुखसंशोधन र प्रक्रिया
प्रतिनिधिसभाबाट पारित भएर दुई महिनाअघि राष्ट्रिय सभामा पठाइएको यो विधेयकमा केही नयाँ संशोधनहरू थपिएका छन्। संवैधानिक प्रावधानअनुसार दुई महिनाभित्र फिर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम यो विधेयक प्रतिनिधिसभामा आइपुगेको हो।
अब प्रतिनिधिसभामा राष्ट्रिय सभाले थप गरेका बुँदाहरूमा मात्र छलफल हुनेछ। प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट आएका संशोधनहरूलाई पूर्ण वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्न सक्नेछ। यसअघिका अभ्यासहरूमा सामान्यतया राष्ट्रिय सभाबाट प्राप्त सुझावलाई स्वीकार गर्ने गरिएको छ।
विवादित ‘कुलिङपिरियड’ र अन्यव्यवस्था
विधेयकमा विशेषगरी कर्मचारीको अवकाशपछि संवैधानिक निकायमा नियुक्तिका लागि दुई वर्षको 'कुलिङ पिरियड' (बाध्यकारी विश्राम अवधि) राख्ने विषय लामो समयदेखि विवादमा थियो। राष्ट्रिय सभाले यो व्यवस्थालाई स्वीकार गरेको छ, जुन प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलका क्रममा छुटेको थियो।
विधेयकमा कर्मचारीको उमेरहदको विषयमा पनि नयाँ व्यवस्था गरिएको छ। विधेयक प्रमाणीकरण भएको वर्ष ५८ वर्ष, त्यसपछि ५९ र तेस्रो वर्षदेखि ६० वर्ष मा कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको छ। यसका साथै, विधेयकमा अन्तरप्रदेश र स्थानीय तहमा सरुवा, श्रेणी तथा तहगतलगायतका व्यवस्था पनि समेटिएको छ।