arrow

जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा सकस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
bajura-karagar.jpg

बाजुरा । बाजुराकाे जिल्ला कारागार बाजुराको भवनको पुनः निर्माण नहुँदा जीर्ण बनेको छ । कारागारको भवन पुरानो र अर्को कुनै नँया भवनको निमार्ण नहुँदा उक्त भवन जीर्ण बनेको हो ।

जीर्ण भएको कारागार भवनमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएका छन । कैदीबन्दीलाई राख्नका लागि अन्य ठाउँको उचित व्यवस्थापन नभएका कारण जीर्ण भवनमा कैदीबन्दी राख्नु परेको कारागारका प्रशासक अनिलकुमार तिवारीले बताए।

उनका अनुसार कारागारको क्षमता २५ जनाको भए पनि अहिले ६५ जना कैदीबन्दी राखिएको छ । कैदीको सङ्ख्या बढ्दै जाँदा जीर्ण भवनमा कैदीबन्दीको व्यवस्थापनमा सकस भएको तिवारीको भनाइ छ ।

२०३७ सालमा निर्माण भएको बाजुराको कारागार भवन झण्डै ४५ वर्ष पुगिसक्दा पनि नयाँ भवनको रुपमा विस्तार हुन सकेको छैन् । 

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा अहिले उनीहरुलाई सुत्न र बस्न निकै समस्या हुने गरेको छ । त्यतिमात्र नभई क्वार्टरसमेत नहुँदा सुरक्षाकर्मीलाई समेत समस्या हुने गरेको छ । 

कैदीबन्दी राखिएका भवनमा भूकम्प तथा अन्य विपद्का बेला बस्न लायक नहुने गरेको कारागारमा बस्दै आएका कैदीबन्दीको गुनासो छ ।

सुदूरपश्चिमका ९ वटा कारागारमा जम्मा ६ सय ३२ जना कैदी राख्ने क्षमता भए पनि कुनै ठाँउमा भवनको अवस्था जीर्ण रहे पनि क्षमता भन्दा बढी कैदीबन्दी राख्नु पर्ने अवस्था छ । 

तिवारीका अनुसार कारगारको नयाँ भवनका लागि टेन्डर खुलाइसकेकोले छिट्टै नयाँ भवन निर्माणको काम थालनी हुने बताएका छन्।

नयाँ भवन निर्माण भएपश्चात कैदीबन्दीलाई सहज रुपमा व्यवस्थापन गर्न सकिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ