सिन्धुपाल्चोकमा भूकम्पको धक्का, मंगलबार मात्रै तीन पटक
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
865
Shares
काठमाडौँ। मंगलबार राति सिन्धुपाल्चोकको तारामाराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, राति ११:२३ बजे चार रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरूमा पनि अनुभव गरिएको थियो।
मंगलबार एकै दिनमा गएको यो तेस्रो भूकम्प हो। यसअघि बिहान ६:१५ बजे: गोरखाको अजिरकोट–३, हंशपुरलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो। दिउँसो ३:१३ बजे: दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।