बेइजिङ (चीन) । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससीओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन्।
प्रधानमन्त्री ओली र उनको प्रतिनिधिमण्डल रेलमार्ग हुँदै बेइजिङ आइपुगेका हुन्।
यसअघि थियानजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले प्रधानमन्त्री ओलीको बिदाइ गरेका थिए।