arrow

गोरखाको अजिरकोटमा भूकम्पको धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
earthquake-final-------.jpg

काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका–३, हंशपुरलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ६:१५ बजे ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो।

नेपालमा पछिल्लो समय साना–साना भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्रमा पर्ने भएकाले यसलाई भूकम्पको जोखिम क्षेत्र मानिन्छ। 

यसअघि भदौ १ गते रामेछापको हेलम्चो आसपास पनि सोही स्केलको भूकम्प गएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ