व्यापारिक मार्ग खोल्ने सम्झौताको कूटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँ: प्रवक्ता गुरुङ
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
772
Shares
काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको भूमि लिम्पियाधुरा बाट चीन र भारतले व्यापारिक मार्ग खोल्ने सम्झौता गरेपछि त्यसको विरोधमा नेपालले कूटनीतिक नोट पठाइसकेको जानकारी दिएका छन्।
सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै मन्त्री गुरुङले नेपालको महाकाली नदीपूर्वका सबै भूभागहरू लिपुलेक, लिम्पियाधुरा र कालापानी ऐतिहासिक रूपमा नेपालकै भएको स्पष्ट पारे। उनले हाम्रो भूमि मिचेर यस्तो सम्झौता गर्न नपाइने भन्दै परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट जारी गरेको बताए।
मन्त्री गुरुङले नेपालको नीति कूटनीतिक संवादमार्फत सीमा विवादको समाधान खोज्ने रहेको पनि जनाए। उनले प्रधानमन्त्री केपी शर्मा ओली को भारत भ्रमणका क्रममा पनि यो विषय उठाइने बताए।