arrow

राष्ट्रिय सभामा अर्थमन्त्री

सरकार पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमा छ - अर्थमन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
bishnu-pd-poudel-rastriya-sabha.jpg

काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमा रहेको बताएका छन्। प्रतिनिधि सभाबाट प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ बारे राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी दिएका हुन्।

अर्थमन्त्री पौडेलले हाल सरकारी ढुकुटी (ट्रेजरी) मा मात्र भर परेर पूर्वाधार निर्माणका आवश्यकताहरू सम्बोधन गर्न कठिन भएको बताए। उनले बजेट निर्माणका क्रममा जनप्रतिनिधिहरूले देशका विभिन्न विकास आयोजनाको माग गर्ने गरेको तर साधन र स्रोतको सीमितताले गर्दा सबै माग पूरा गर्न नसकिएको स्वीकार गरे।

उनले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ पारित भएपछि पूर्वाधारको क्षेत्रमा नयाँ ढोका खुल्ने विश्वास व्यक्त गरे। उपप्रधानमन्त्री पौडेलले स्वदेश र विदेशको पुँजी परिचालन गरी पूर्वाधार क्षेत्रमा लगानी गर्नेतर्फ सरकार लागिरहेको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ