प्रधानमन्त्री ओलीद्वारा स्मृति सङ्ग्रहालयको अवलोकन
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
655
Shares
काठमाडौँ । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियान्जिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नानकाइ जिल्लामा रहेको चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन्। चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री थिए।
अवलोकनका क्रममा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री तथा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङ लगायतका उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी थिए।
प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिखर सम्मेलनमा भाग लिन चीन पुगेका हुन्।