प्रधानमन्त्री ओलीले लिपुलेक सहमतिप्रति चिनियाँ राष्ट्रपतिसँग जनाए आपत्ति
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
907
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भएको छ ।
प्रधानमन्त्री ओली शनिबार चीन पुगेसँगै सीसँग भएको वार्तामा सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
साथै नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति रहेको कुरा राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई उधृत गर्दै सचिवालयले जनाएको छ ।
सन् १८१६ को सुगौली सन्धि बमोजिम महाकाली पूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएकोसमेत ओलीले भनेको राईले बताएका छन् ।
२३ जनाको टोलीसहित शनिबार चीन गएका ओली बुधबार फर्कने कार्यक्रम छ ।