arrow

पार्टीमा ओलीको विकल्प छैन, भण्डारीले एमालेलाई कमजोर बनाउने काम गर्नुहुँदैन: प्रदीप ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
pradeep-gyawali-08-05.jpg

काठमाडौं। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टीलाई कमजोर बनाउने खालका कुनै पनि काम गर्न नहुने बताएका छन्।

शनिबार प्रेस चौतारी नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेकै पहलमा भण्डारी राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेकाले उनले आफ्नो पार्टीलाई हानि पुग्ने गतिविधि नगर्नु उचित हुने बताए। उपमहासचिव ज्ञवालीले संविधानले पनि राष्ट्रपति जस्ता राष्ट्रका अभिभावकहरूलाई दलीय राजनीतिमा फर्कन नहुने परिकल्पना गरेको भन्दै यस्तो कदमले पदको गरिमामाथि नै प्रश्न उठाउने तर्क गरे।

उपमहासचिव ज्ञवालीले पार्टीको आगामी महाधिवेशनमा पनि केपी शर्मा ओलीको नेतृत्वको विकल्प नरहेको बताए। उनले ओलीलाई नेतृत्वमा निरन्तरता दिने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको पनि स्पष्ट पारे।

ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीप्रतिको पार्टीको सम्मान यथावत् रहेको र उनले देशको अभिभावकको भूमिकामा रहनुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ