arrow

कांग्रेस महामन्त्री थापा झाडापखाला र हैजा प्रभावित क्षेत्रमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
gagan-thapa-birganj.jpg

रौतहट । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले शुक्रबार नारायणी अस्पताल वीरगञ्ज पुगेर हैजाका बिरामीको अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन गरेका छन । 

झाडापखाला र हैजाका बिरामीसँग महामन्त्री थापाले स्वास्थ्य उपचार, औषधिलगायतका विषयमा बुझेका हुन । 

सो अवसरमा उनले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग र साथ प्रदान गर्ने दृढ अठोट व्यक्त गरेका छन् । 

उनले हैजाको नियन्त्रण र उपचारमा सबै पक्ष एकजुट भई प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिए ।

नेपाल सरकारका पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले वीरगञ्जमा हैजाको प्रकोप तीव्ररूपमा बढेपछि अस्पतालमा नै आएर अवस्था प्रत्यक्ष अवलोकन गरेको बताए ।

यसअघि नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेल र खानेपानी मन्त्री प्रदीप यादवले हैजाका बिरामीको अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन गरि आवश्यक निर्देशसमेत दिएका थिए । 

झाडापखाला र हैजा प्रभावित वीरगञ्जमा अस्पतालमा उपचारपछि निको भएर घर फर्किने बिरामीको संख्यापनि दिनहुँ बढ्दै गएको पाइएको छ । 

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसारगत शुक्रबारदेखि बिहीबार साँझसम्म झाडापखाला र हैजा संक्रमण पुष्टिभएका गरी छ सय १२ जना बिरामी अस्पतालहरुमा भर्ना भएकामा तीमध्ये चार सय ३४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । 

हाल अस्पतालमा एक सय ७८ जना बिरामी उपचाररत रहेको र तीमध्ये हैजा पुष्टि भएका बिरामीको संख्या ६९ मात्रै रहेको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिए । वीरगञ्जमा फैलिएको झाडापखाला र हैजाका विस्तारै नियन्त्रणमा आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ